भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तरुण केन्द्रीय सदस्य थापा नियुक्त
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका राजु थापा भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त भएका छन् ।
थापालाई बागमती प्रदेश खेलकुद विकास परिषद, हेटौँडाले बुधबार अध्यक्ष पदमा नियुक्त गरेको पत्रमा उल्लेख छ । सदस्य सचिव दीपक लामाले थापालाई अध्यक्ष पदमा नियुक्त गरिएको पत्र उपलब्ध गराएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थायी घर भएका थापा नेपाल तरुण दल भक्तपुरका अध्यक्ष समेत हुन् ।
करातेका खेलाडी थापाले भक्तपुरमा खेलकुदको विकास र खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूको इच्छा, परामर्शअनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
Published : Thursday, 2024 December 5, 10:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया