उपरथी पुनलाई दर्ज्यानी चिन्ह, मध्य पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार सैनिक मुख्यालय भद्रकाली, काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले उपरथी पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सहायक रथी पुन २०८१ मंसिर १६ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै उपरथी पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त हुनु भएका छन् ।
कार्यक्रममा बलाध्यक्ष रथी प्रदीपजंग के.सी., रथीवृन्द, अधिकृतहरूका साथै उपरथी पुनको परिवारजनको उपस्थिति रहेको थियो ।
Published : Wednesday, 2024 December 4, 9:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया