सहकारी ठगका अभियुक्त लामिछानेलाई चितवन लगियो
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।
मंगलबार बिहान काठमाडौंबाट भरतपुर विमानस्थलमा जहाजमार्फत लगिएको प्रहरीले जनाएको छ । काठमाडौंमा तीन दिनको बयानपछि लामिछानेलाई चितवन लगिएको छ ।
सहारा सहकारीको रकम अपचलन र ठगी काण्डमा लामिछानेविरुद्ध पुरक जाहेरी परेपछि प्रहरीले पक्राउका लागि चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछाने र उनको गिरोहले पोखरा, रुपन्देही, चितवन, काठमाडौं, वीरगञ्ज लगायतका सहकारीको रकम ठगी गरेको अभियोग लागेको छ । लामिछानेमाथि प्रहरीले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ ।
सानो झुण्डमा जम्मा भएका रास्वपाका नेता कार्यकर्ताले भरतपुरमा केही समय नाराबाजी समेत गरेका थिए । सहकारी ठगका अभियुक्तलाई बचाउन भन्दै केही बिचौलिया, भाडाका टट्टुहरूले लामिछानेको पक्षमा नाराबाजी गरेको चर्चा भरतपुरमा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया