कीर्तिपुर लालकिल्ला होइन भन्ने पुष्टि, मेयरमा कांग्रेसका डंगोल निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका मेयरका उम्मेदवार कृष्णमान डंगोल काठमाडौंको कीर्तिपुर नगरपालिकामा निर्वाचत भएका छन् ।
सोमबार राति सार्वजनिक भएको अन्तिम नतिजाअनुसार कांग्रेसका डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् । डंगोल विजयी भएसँगै कीर्तिपुर कथित लालकिल्ला होइन भन्ने पुष्टि भएको छ ।
डंगोलका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मतसहित पराजित भएका छन् । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याएर पराजित भएका छन् ।
यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको थियो ।

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए ।
आइतबार नै भएको उपनिर्वाचनमा कीर्तिपुर–१ र कीर्तिपुर–४ मा कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया