राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणाद्वारा संयुक्त भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेट गरेका छन् ।
शनिबार बेलुका राष्ट्रपति कार्यालय शीतलनिवासमा पौडेलसँग ओली र डा.राणाले भेट गरी चीन भ्रमणका विषयमा परामर्श गरेका हुन् । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका छन् । मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयले प्रेस नोट जारी गरेर भनेको छ, ‘प्रधानमन्त्री केपी ओलीको आशन्न औपचारिक चीन भ्रमण र विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी ओली र पराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेट र छलफल गर्नुभएको छ ।’
परराष्ट्रमन्त्री डा.राणा शनिबार बिहान चीनबाट स्वदेश फर्किएकी थिइन् । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा आफ्नो चीन भ्रमण र प्रधानमन्त्रीको औपचारिक चीन भ्रमणको तयारीका विषयमा परामर्श गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणाले राष्ट्रपति पौडेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया