बीआरआईभन्दा अगाडि चीनले विगतका सम्झौता कार्यान्वयन गर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीआरआई सम्झौताभन्दा अगाडि चीनसँग विगतमा गरिएको सम्झौताहरू कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने बताए । सम्झौता कार्यान्वयनका सम्बन्धमा एमालेसँग मतभिन्नता भएको थापाले बताए ।
‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ’, थापाले भने, ‘यो विषयलाई लिएर नेपाली कांग्रेस, एमालेबीचमा व्यापक रूपमा असहमति छ, व्यापक रूपमा मतभिन्नता छ ।’
महामन्त्री थापाले भने, ‘साथीहरू हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म ।’
‘मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ’, उनले भने, ‘हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा पनि हाम्रा कतिपय विषयहरूमा भिन्न एप्रोचहरु छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ ।’
‘हाम्रा केही कुराहरू साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा संविधानले नै व्यवस्था गरेको छ’, थापाले भने, ‘हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ ।’
उनले भने, ‘राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौँ । हाम्रा आफ्ना सीमाहरू छन् ।’
‘हामी यो पनि मान्दछौँ कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन् । नेपाली कांग्रेस पार्टी नेपालको स्वतन्त्रता, नेपालको अभिभाज्ययता, नेपालको सार्वभौमिकता तमाम कुराहरूका सन्दर्भमा अन्कम्पमाईजिङ यस्तो आफ्नो स्टयाण्ड सदा रहँदै आयो’, थापाले भने, ‘त्यसमा हामीलाई कसैले भन्नु पनि परेन । हामीले यसलाई प्रमाणित गर्नु पनि पर्दैन ।’
‘हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौँ’, महामन्त्री थापाले भने, ‘हामी यो पनि प्रष्ट छौं, कुनै पनि देशको सैन्य गठबन्धनमा नेपालको हित छैन ।’
‘त्यसकारणले कुनै पनि देशको न छिमेकी न परेको । हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ’, थापाले भने, ‘हाम्रो विकासका लागि हाम्रो यति धेर आकाङ्क्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ ।’
‘हामी उनीहरूबाट अनुदानबाट हामी हाम्रा विकासका आकाङ्क्षाहरूलाई पूरा गर्न चाहन्छौँ । यी हाम्रा प्राथमिकताहरू छन्’, उनले भने, ‘हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौँ भन्ने कुराको बारेमा सोच्दछौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया