सभापति देउवालाई डडेल्धुरामा भव्य स्वागत, स्थानीय नेता कार्यकर्ताहरूसँग भेटघाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा विभिन्न कार्यक्रमहरूमा भेटघाट र धार्मिक कार्यक्रमहरूमा सहभागी भएका छन् ।
सभापति देउवालाई गृहजिल्ला डडेल्धुराको गन्याममा पूजाअर्चना गर्नुका साथै भेटघाटहरू गरेका छन् । स्थानीय नेता कार्यकर्ताको समस्या र गुनासाहरू देउवाले सुनेका छन् ।
सभापति देउवाले डडेल्डुराका विकास निर्माणहरूको प्रगति विवरणहरू पनि मागेका छन् । उनले बाँकी रहेका आयोजनाहरू छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गृहजिल्ला डडेल्धुरामा सभापति देउवा एकहप्ता बस्ने गरेर पुगेका छन् । उनले जिल्लाका पार्टी नेता, कार्यकर्तासँग दैनिक रुपमा भेटहरू गरेका छन् ।
कार्यकर्ताहरूद्वारा गृहजिल्ला डडेल्धुरामा सभापति देउवालाई भव्य स्वागत भएको छ । कार्यक्रमहरूमा पनि कार्यकर्ताको उल्लेख्य सहभागिता रहने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया