नयाँ पार्टी खुले पनि पुरानै पार्टीकाे परिवर्तनमा भूमिका छ : कांग्रेस प्रवक्ता डा.महत
बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा डा.महतले ०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएको बताए । उनले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताए ।
कांग्रेसका प्रवक्ता डा.महतले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्ने बताएका छन् ।
डा.महतले वर्तमान सरकारसँग जनताले विकास निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको बताएका छन् ।
कार्यक्रममा बागलुङ कांग्रेसका सभापति एवम् गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचन, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया