अनियन्त्रित कार पोखरीमा खस्यो, गोताखारेले दुई शव निकाले
ईश्वरपुर । पोखरीमा कार डुब्दा सर्लाही जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती उच्च माबि स्कुलको पोखरीमा बयलबासबाट गौशलातर्फ जाँदै गरेको लु.२ च ६७५८ नम्बरको कार अनियन्त्रित भई डुब्दा कारमा सवार २ जनाको मंगलबार बिहान मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेहरूमा कारका चालक महोत्तरीको गौशाला नगरपालिका–१० बस्ने ३८ वर्षीय सुरेश महतो र कारमा सवार महोत्तरीकै सोनवा गाउँपालिका–८ बस्ने ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन् ।
कार अनियन्त्रित भई पोखरीमा डुब्दा सुरेश र रामाकान्त बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनी, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय भक्तिपुर, इलाका प्रहरी कार्यालय केशरगंज समेतबाट खटिएको संयुक्त टोलीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुई जनाको शव फेला पारेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया