तिहारकाे टीकाकाे एकदिन अगाडि ठूलाे रकमसहित दाङमा १० जना जुवा खेल्नेहरू पक्राउ
घाेराही । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलेको आरोपमा तुलसीपुरबाट १० जनालाई पक्राउ गरेको छ ।
शनिबार तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टास्थित देवबहादुर वलीको घरमा प्रहरीले छापामारेर जुवा खेलिरहेको अवस्थामा १ लाख ३३ हजार १ सय १० रुिपयाँसहित १० जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता (डीएसपी) ईश्वर थापाले बताए ।
पक्राउ पर्नेमा घरधनी ५१ वर्षीय वलीसहित तुलसीपुर–१७, वनकट्टाका ५७ वर्षीय भीम वली, ४९ वर्षीय लुमासिंह बस्नेत, ३२ बर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली र ३६ वर्षीय शरद वली छन् ।
सोही ठाउँका ३८ वर्षीय सुशील वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली र घोराही उपमहानगरपालिका–९, अश्वाराका ४९ वर्षीय बालाराम भट्टराई पनि पक्राउ परेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया