राकममा देउसी, भैलो खेल्ने क्रममा केटी जिस्काएपछि दुई समूहबीच झडप, केही घाइते
आठविस । दैलेखको आठविस नगरपालिकाको रार्कमकर्णालीमा देउसी भैलो खेल्ने क्रममा केटीलाई जिस्काएको विषयमा दुई समूहबीच झडप भएको छ ।
शुक्रबार राति देउसी, भैलो खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा एकआपसमा झडप भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरूबीच सामान्य विवाद हुँदा झडप भएको जनाएको छ ।
भैली खेलिरहेका केटीहरूलाई जिस्काएको विषयलाई लिएर दुई समूहबीच राकममा झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
राकममा अवस्था सामान्य भएको इलाका प्रहरीमा आक्रमण गर्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
झडपमा दुवै समूहबाट चार पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । देउसी खेल्ने विषयमा सामान्य विवाद हुँदा दुई समूहबाट केही सामान्य घाइते भएको र तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) सुनिल दाहालले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया