कांग्रेस उपसभापति खड्काद्वारा उपसमिति गठन, प्रतिवेदन बुझाउन कात्तिक २६ सम्मको कार्यादेश
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्य सामग्रीलाई परिमार्जन गर्न उपसमिति गठन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार पार्टीका उपसभापति समेत रहेका प्रतिष्ठानका प्रमुख खड्काले प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेका हुन् ।
उपसमितिको सदस्यहरूमा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहेका छन् ।
उपसमितिलाई कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुख समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
Published : Thursday, 2024 October 31, 8:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया