सभापति देउवाद्वारा स्थानीय तह उपनिर्वाचन संयाेजन समिति गठन, संयाेजकमा शर्मा
काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन ०८१ केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
बुधबार कांग्रेसद्वारा जारी विज्ञप्ति अनुसार सभापति
देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) बमोजिम पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा “स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति” गठन गरेका हुन् ।
समितिको सदस्यमा मनोनयन हुनेहरूमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार, प्रवक्ता डा। प्रकाशशरण महत रहेका छन् ।
केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य मधु आचार्य र सदस्य सचिवमा प्रकाश शर्मा रहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया