खोरभित्र रहेका सहकारी ठगका अभियुक्त लामिछानेले गृहमन्त्री लेखकसँग भेट्न दूत पठाए
काठमाडौं । सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा रहेका बेला उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।
सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा रास्वपाका उपसभापति अर्यालले गृहमन्त्री लेखकसँग भेट गरेर हिरासतमा रहेका लामिछानेका विषयमा कुराकानी गरेका हुन् । अर्यालले गृहमन्त्री लेखकसँग भेट भएको बताए पनि के कुरा भएको हो केही भनेका छैनन् ।
स्रोतका अनुसार लामिछानेलाई हाजिरी जमानीमा छाड्नका लागि गृहमन्त्री लेखकसँग अर्यालले अनुरोध गरेका छन् । गृहमन्त्री लेखकले आफू कानूनी शासनको पक्षमा रहेको भन्दै न्यायालय, प्रहरी र प्रशासनलाई विश्वास गर्न अर्याललाई आग्रह गरेका छन् । लेखकले अर्यालमार्फत लामिछानेलाई सहकारी ठगी प्रकरणको अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेका छन् । रास्वपाका उपसभापति अर्यालले सभापति लामिछानेलाई अन्य जिल्लाका सहकारीको अनुसन्धानमा नमुछ्न र संगठित अपराधको मुद्दा नचलाउन पनि आग्रह गरेको बुझिएको छ ।
रास्वपाका सभापति लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । प्रहरीलाई अनुसन्धानमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने र रास्वपाका नेताहरूले असहयोग गरिरहेका छन् ।
लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पनि पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेलाई पक्राउ गर्न रुपन्देही प्रहरी पनि तयारी अवस्थामा छ ।
सभापति लामिछानेले विभिन्न फण्डाहरू गर्न लगाइरहेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेले सडकमा आफ्ना नेता कार्यकर्तालाई उतारेका छन् । अनुसन्धानलाई प्रभावित बनाउन लामिछानेले खोजेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया