फाइनलको टिकट विक्री रोकियो, नेपाल-भारत खेलको टिकटमा घाेटाला गर्ने माउन्टलाई कारबाही हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनशिपको नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ ।
मंगलबार एन्फाले विज्ञप्ति जारी गरेर नेपाल र बंगलादेशबीच हुन लागेको फाइनल खेलको टिकट विक्री नगर्न माउण्ट एभरेष्ट स्पोर्टस् एण्ड इभेन्टस् प्रालिलाई निर्देशन दिएको छ । नेपाल र बंगलादेशबीच बुधबार दशरथर रंगशालामा फाइनल खेल हुन लागेको छ ।
टिकट विक्रीको जिम्मेवारी पाएको माउण्ट एभरेष्टले दशरथ रंगशालको क्षमताभन्दा धेरै टिकट विक्री गरेर दर्शक छिराएको भन्दै एन्फाले अनुसन्धान शुरु गरेको छ ।
माउन्ट एभरेष्टले सोमबार नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्री गरेको एन्फाले जनाएको छ ।
टिकट धेरै विक्री गरेको घटनाका विषयमा अनुसन्धान गरिरहेको भन्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्री बन्द गरेको जनाएको छ ।
एन्फाले टिकट बिक्री बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्नसमेत दर्शकहरूसँग आग्रह गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया