सहकारी ठगलाई बचाउन रास्वपाद्वारा राष्ट्रिय झण्डाको दुरुपयोग
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई छुटाउन काठमाडौंको प्रदर्शनमा आएको झुण्डले राष्ट्रिय झुण्डालाई दुरुपयोग गरेको छ ।
शुक्रबार रास्वपाको आह्वानमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा नेता कार्यकर्ताले राष्ट्रिय झण्डा प्रयोग गरेका छन् ।
उनीहरूले रास्वपाको झण्डा प्रयोग गरेका छैनन् । अधिकांशले राष्ट्रिय झण्डा बोकेर ठगको पक्षमा दुरुपयोग गरेका हुन् ।
संसदीय समितिको सिफारिस र अदालतको आदेशमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले संगठित अपराध र सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
रास्वपाका नेताहरूले राजनीतिक प्रतिशोध साँधेर सरकारले लामिछानेलाई पक्राउ गरेको दाबी गरिरहेका छन् । अदालतको आदेशमा पक्राउ परेका लामिछानेलाई बचाउन भन्दै राष्ट्रिय झण्डाको दुरुपयोग भएपछि आलोचना भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया