राप्ती नदीमा डुबेर लमहीका ३ जना बालिकाको मृत्यु
लमही । दाङको देउखुरीस्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
बिहीबार लमही नगरपालिका वडा नं. २ रनियापुरस्थित नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नं. २ रनियापुर निवासी १२ वर्षीया झरना चौधरी र १२ वर्षीया निशा चौधरी तथा गढवा गाउँपालिका वडा नं. ४ घर भई हाल लमही नगरपालिका वडा नं. ५ लमही गल्लीमा बस्ने १२ वर्षीया कृष्टि चौधरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
तीन जना बालिका नदीमा डुबेको अवस्थामा देखेपछि स्थानीयले आफन्तलाई खबर गरी पानीबाट बाहिर निकालेका थिए ।
उनीहरूलाई उपचारका लागि लमही अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ईश्वर थापाले बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया