मीनबहादुर गुरुङबारे बोलेपछि एमालेद्वारा सोध्यो ३ नेतालाई स्पष्टीकरण
काठमाडौं । एमाले ३ जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालयको बैठकले पूर्व उपाध्यक्ष भीमबहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै ३ नेताहरूलाई स्पष्टीकरण सोधिएको महासचिव शंकर पोखरेलले बताएका छन् ।
पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको बताए ।
उनीहरूले व्यापारीबाट मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए ।
Published : Sunday, 2024 October 20, 11:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया