कम्युनिस्ट पृष्ठभूमिका ‘अराजक’ पूण्य गौतमले रडले कुटाए खाए
काठमाडौं । कम्युनिस्ट पृष्टभूमिका अराजक गतिविधि गर्दै आएका पूण्य गौतमले कुटाइ खाएका छन् ।
काठमाडौंमा कुटाइ खाएपछि गौतमलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । सोमबार राति सवा ९ बजेतिर घर फर्कँदै गर्दा गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा अपरिचित व्यक्तिले गौतमलाई रड प्रहार गरेको बताइएको छ ।
रड प्रहारबाट गौतम घाइते भएका छन् । उनको टाउकाको पछाडितर्फको भाग र निधारमाथि चोट लागेको प्रहरीले जनाएको छ ।
गौतमको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् ।
गौतममाथि कसले किन आक्रमण ग¥यो भन्ने विषय खुलिसकेको छैन ।
आक्रमण भएको विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।
सामाजिक सञ्जालमा गालीगलौज र अपशब्द बोलेर हैरान बनाएका थिए । गौतमको अराजक शैली र अहर्कतबाट आजित भएका मानिसहरूले आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया