भीरपानीमा खचाखच यात्रु बोकेको बस दुर्घटना, पिप्ले नजिकै बोलेरो पल्टियाे
मन्थली । रामेछाप जिल्लामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार साँझ ६ बजे प्र ३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
रामेछापको खाँडादेवी गाउँपालिका ३ भीरपानीमा बस दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सिन्धुलीको सुनकोसी गाउँपालिका ६ कि १७ वर्षीया युनिसा श्रेष्ठ रहेकी छिन् ।
दुर्घटनामा घाइते हुनेमा सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ६ अमारे बस्ने वर्ष अन्दाजी २७÷२८ की शोभा थापा, सुनकोसी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २० की मनीषा रम्तेल, सोही स्थानकी १९ वर्षीय आयुस्मा श्रेष्ठ, वर्ष २६ की सरिता चौलागाईं, वर्ष १७ की सविता न्यौपाने, वर्ष २७ की इन्दिरा रिमाल, वर्ष १७ की सावित्री न्यौपाने, वर्ष १९ की उमा न्यौपाने, वर्ष १३ की आकृति बयलकोटी, वर्ष २० की मनीषा रम्तेल, वर्ष ७ कि प्रीति रिमाल र वर्ष ३२ की मनिकला ढकाल रहेका छन् ।
उनीहरूको उपचारका लागि सिन्धुलीका विभिन्न अस्पतालमा पठाइएको छ ।
यता, धादिङको सिद्दलेक गाउँपालिका–६ पिप्ले नजिकै बोलेरो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा वडा नम्बर ५ निवासी ३७ वर्षीया प्रमिला घले, ४५ वर्षीया रस्मिला विक, ३५ वर्षीय मिलन श्रेष्ठ, ३५ वर्षीया चेली घले, २१ वर्षीया अनिता गुरुङ, ३० वर्षीय पदमबहादुर श्रेष्ठ, ४० वर्षीया कल्पना नगरकोटी, ४२ वर्षीय राजेन्द्र नगरकोटी गम्भीर, वडा नम्बर ६ का ९ वर्षीय नरबहादुर घले रहेका छन् । राजेन्द्र नगरकोटी र रस्मिला विक गम्भीर घाइते छन् ।
धादिङबेसी मलेखु सडकखण्डको परेवाटारबाट खाद्यान्न र यात्रु साधारण बोकेर रैकरतर्फ जाँदै गरेको बोलेरो ग १ ज ७८६७ नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रहाद सिलवालले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया