गृह मन्त्रालयद्वारा तीन जान एसएसपीहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ ।
मंगलबार गृहमन्त्रिस्तरीय निर्णयबाट ३ एसएसपीको सरुवा गरिएको हो । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासको सरुवा भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले दसको दिल्लीमा सरुवा भएको बताए । दास प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
यसअघि दिल्ली दूतावासमा एसएसपी उमाप्रसाद चतुर्वेदी कार्यरत थिए । चतुर्वेदीको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा सरुवा भएको छ ।
प्रहरी हेडक्वाटरको कार्य विभागमा रहेका एसएसपी दीपक बस्नेतको पनि सरुवा भएको छ । बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा गरिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया