बाढी, पहिरो र डुबानपीडितका लागि कांग्रेस सभापति देउवाले दिए प्रधानमन्त्री ओलीलाई ५० लाख
काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानपीडितहरूका लागि सरकारलाई ५० लाख रुपियाँ सहयोग गरेको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीलाई भेट गरेर कांग्रेस सभापति शेरबहादुर देउवाले ५० लाखको चेक हस्तान्तरण गरेका छन् । सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
सभापति देउवासहित नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने गरी ५० लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
कांग्रेसले विपदपछिको उद्धार र राहतमा सरकारको पर्याप्त ध्यान नपुगेको स्मरण गराउँदै थप क्रियाशील भएर बाढीपहिरोपीडितहरूको राहत र पुनःस्थापनाका लागि काम गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
Published : Sunday, 2024 October 6, 11:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया