मुख्यमन्त्री लामासँग उपकुलपति डा.ज्ञवालीले लिए शपथ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा.प्रदीप ज्ञवालीले शपथ लिएका छन् ।
शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले उपाध्यक्ष डा.ज्ञवालीलाई शपथग्रहण गराएका हुन् ।
बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सपथग्रहण लगतै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भीमसागर गुरागाईं र संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त गरिएको छ ।
डा.ज्ञवालीले रजिष्ट्रार र संयोजकको नियुक्त गरेका हुन् । उपकुलपतिले रजिस्ट्रार गुरागाईं र संयोजक चुडाललाई सपथ गराएका छन् ।
Published : Friday, 2024 October 4, 8:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया