कांग्रेसको वातावरण विभागले पशुपति क्षेत्रमा शनिबार बिहान सरसफाइ गर्ने
काठमाडौं । नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पशुपति क्षेत्रमा सरसफाइको कार्यक्रम राखेको छ ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले असोज १९ गते शनिबार बिहान साढे ६ बजे सरसफाइको कार्यक्रम राखिएको बताएका छन् ।
गुहेश्वरी मन्दिर नजिक पशुपति क्षेत्रमा जम्मा भएर कांग्रेसका नेता कार्यकर्ताले सरसफाइ गर्नेछन् ।
केही दिनअघिको अविरल वर्षा र बिभिन्न नदीमा आएको बाढी, पहिरो, डुबानले बगाएर ल्याएको फोहोरहरू तत्काल सफा गर्न आवश्यक रहेको भन्दै कांग्रेसले भ्रातृ संस्था, विभाग, शुभेच्छुक संस्था लगायतलाई सरसफाइ, उद्धार, राहत लगायतका कार्यमा लाग्न निर्देशन दिएको थियो ।
यसै सिलसिलामा नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रम राखेकोले शनिबार बिहान ६ बजेर ३० मिटनमा गुहेश्वरी मन्दिरमा उपस्थित भई सक्रिय सहभागिताका साथ उक्त सरसफाई कार्यक्रम सफलपारी दिन विभागका प्रमुख गुरुङले निमन्त्रणा गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया