मन्त्री राणाद्वारा गृहजिल्ला प्यूठानका यात्रुलाई सहज हुने गरी सेवा दिन स्वर्गद्वारी प्रा.लि.सँग कुराकानी

प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले दशैँको बेला प्यूठान जिल्लाका यात्रुहरूलाई सहजताका साथ गन्तव्यसम्म पु¥याउन स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राइभेट लिमिटेडसँग आग्रह गरेका छन् ।

प्यूठान जिल्ला मन्त्री राणाको गृहजिल्ला पर्छ । जिल्लाबासीलाई यात्राका क्रममा समस्या नहोस् भनेर मन्त्री राणाले आफै चासो देखाएका छन् ।

प्यूठानका यात्रुलाई दशैँको समयमा सहजताका साथ सार्वजनिक यातायातमा आवतजावतका लागि सहजीकरण गर्न मन्त्री राणाले अध्यक्ष चन्द्रमान श्रेष्ठसँग कुराकानी गरेका हुन् । भाडा बृद्धिका विषयमा आएका चासो र चिन्ताका विषयमा पनि मन्त्री राणाले प्रा.लि.का अध्यक्ष श्रेष्ठसँग कुरा गरेर सहजताका लागि आग्रह गरेका छन् ।

मन्त्री राणाले प्यूठान जिल्लामा दशैँ, तिहार मनाउन विभिन्न जिल्ला र भारतबाट आउने यात्रुलाई सहजता प्रदान गर्न निर्देशन दिएका छन् । मन्त्री राणाले प्यूठानका प्रहरी प्रमुख र सीडीओसँग पनि यात्रुको सहजताका आवश्यक काम गर्न निर्देशन पनि दिएको निजी सचिवालयले जनाएको छ ।

यात्राका क्रममा प्रा.लि., यातायात मजदुर र यात्रुलाई पर्ने समस्यालाई समाधान गर्न सहयोग गर्ने मन्त्री राणाले प्रतिवद्धता जनाएको निजी सचिवालयले जनाएको छ ।

स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.का अध्यक्ष्य चन्द्रमान श्रेष्ठले मन्त्री राणाबाट भएको चिन्ता, चासो र सहयोग गर्ने प्रतिबद्धताप्रति धन्यावाद दिएका छन् ।

Published : Thursday, 2024 October 3, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया