काठमाडौंस्थित भारतीय दूतावासमा गान्धी जयन्ती
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, लैनचौरले १५५औँ गान्धी जयन्ती मनाएको छ ।
बुधबार काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धीको शालिकमा पुष्पमाला अर्पण गरेका छन् ।
सो अवसरमा सुर सुधा ब्यान्डकी सरस्वती खत्रीले गान्धीप्रति समर्पित गीत तथा सांगीतिक रचनाहरू प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

राजदूत श्रीवास्तवले दूतावासका सरसफाइ कर्मचारीहरूलाई सम्मान पनि गरेका थिए ।
स्व.गान्धी भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी नेता थिए । उनकै नेतृत्वको आन्दोलनको बलमा सन् १९४७ मा भारत अंग्रेजबाट स्वतन्त्र भएको थियो ।
गान्धीको जन्म सन् १८६९ को अक्टोबर २ मा भएको थियो । उनको मृत्यु भने १९४८ मा भएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया