अवकासमा गए डीआइजी पोखरेल, नक्सालमा विदाइ
काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी सेवाबाट सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक (डीआइजी) यज्ञविनोद पोखरेललाई विदाइ गरेका छन् ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा एआइजी राईले डीआइजी पोखरेललाई विदाइ गरेका हुन् ।
निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारिताका साथ सम्पन्न गरेको बताएका छन् ।
राईले सेवानिवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेललाई मायाको चिनो प्रदान गरेका छन् । सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेल विक्रम संवत् २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव महानिरीक्षक पोखरेल असोज १४ गतेबाट सेवा निवृत्त भएको हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया