सभापति देउवालाई उपनिर्वाचनमा टिकट बाँड्ने अधिकार
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनमा पार्टीबाट खडा हुने उम्मेदवारको चयन गर्ने अधिकारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आइतबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उपनिर्वाचनमा खडा हुने उम्मेदवारहरूका बारेमा औपचारिक पत्र प्रदान गर्ने अधिकारी दिएको हो । सभापति देउवाले टिकट वितरण गर्नुभन्दा अगाडि पार्टीका नेता कार्यकर्तासँग आन्तरिक परामर्श गर्नेछन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्रप्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’
मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनमा कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार खडा गर्न आन्तरिक गृहकार्य शुरु गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया