लुम्बिनीका पदाधिकारीलाई हातपात गर्ने ठेकेदारहरूको अराजकताकाे राजनीतिक दलहरूद्वारा निन्दा
लुम्बिनी । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका ९ राजनीतिक दलहरूले लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि हातपात र अभद्रव्यवहार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशील राजनीतिक दलहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर निर्माण व्यवसायीहरूबाट कोषका पदाधिकारीहरूमाथि भएको घटनाको निदन्दा गरेका छन् ।
‘राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनी विकास कोषको कार्यान्वयन प्रगति अवस्था, आयोजना सम्पन्न गर्न देखा परेका समस्या, चुनौती र सम्पदा संरक्षण, सम्वर्द्धनको अवस्था लगायत समग्र लुम्बिनी क्षेत्रको विकास विषयक सरोकार पक्षसहितको अन्तरक्रिया भएको स्थल लुम्बिनीस्थित होटल फाइभ ईलेमेन्ट्समा परिसरमै निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिहरू हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट समेत गरेको घटना दुखद् तथा निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालका घटना हुनुले विश्वमाझ सकारात्मक सन्देश प्रवाह हुँदैन । विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित प्रसारित समाचार र भिडियो अनुसार कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराज शाक्यमाथि अनैतिक र अभद्र व्यवहार गरेको देखिएको छ ।’
राजनीतिक दलहरूले घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरेका छन् । आन्दोलन गर्न र आफ्ना माग शान्तिपूर्ण तरिकाले राख्न पाइने भन्दै राजनीतिक दलहरूले अराजक गतिविधिको विरोध गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा कांग्रेसबाट विन्दराम यादव, एमालेबाट मञ्जु ढकाल, माओवादी केन्द्रबाट महेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामाकान्त वर्मा, नेकपा (एकीकृत समाजवादी)बाट सफिउरहमान अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिन्दराज यादव, जनता समाजवादी पार्टीबाट हुसेनी लोध, जनमत पार्टीबाट बोजिउद्दिन मुसलमान र लोकतान्त्रिक समाजवादी पार्टीबाट राफिक अहमत मुसलमान रहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया