जी–२० राष्ट्रहरूले कम विकसित मुलुकहरूमा सहयोग बढाउनुपर्छ : परराष्ट्रमन्त्री डा.राणा
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कम विकसित मुलुकहरू (एलडीसी)लाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई आग्रह गरेकी छिन् ।
न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान भएको विश्वका शक्तिशाली २० मुलुकहरूको विदेशमन्त्रीस्तरीय बैठकमा एलडीसीको अध्यक्षको हैसियतले बोल्दै परराष्ट्रमन्त्री डा.राणाले एलसीसी मुलुकहरूलाई सहयोग बढाउनको लागि जी–२० मुलुकहरूलाई आग्रह गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले विश्वका बहुपक्षीय संस्था र शासन गर्ने संस्थाहरूमा एलडीसी मुलुकको प्रतिनिधित्वमा जोड दिएकी छिन् ।
डा.राणाले एलडीसी मुलुकहरूलाई कोभिड–१९, जलवायु परिवर्तन र भू–राजनीतिक उतारचढावले गर्दा असर गरेको बताएकी छिन् ।
एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी व्यहोरेको छ । अहिलेको जी–२० को अध्यक्ष ब्राजिलले कार्यक्रम आयोजना गरेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया