डा.शशांक, प्रकाशमान र विमलेन्द्रबीच रात्रिभोजसहितको भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग रात्रिभोजसहितको बैठक गरेका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित निवासमा नेता डा.कोइरालाले कार्यबाहक प्रधानमन्त्री समेत रहेका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री सिंह र नेता निधिलाई बोलाएर रात्रिभोजसहितको बैठक गरेका हुन् । रात्रिभोजको तस्बिर निधि मंगलबार सार्वजनिक गरेका छन् ।
रात्रिभोजमा १५औँ महाधिवेशनका विषयमा पनि केन्द्रित रहेर छलफल भएको छ । तीन जना नेताहरू १५औँ महाधिवेशनमा सभापतिका आकांक्षी छन् । उनीहरूबीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
Published : Tuesday, 2024 September 24, 10:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया