सभापति देउवाद्वारा वीपी कोइरालाको सालिक अनावरण
धुलिखेल । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण गरेका छन् ।
शनिबार वीपी राजमार्गको धुलिखेल सडकमार्गमा सभापति देउवाले कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।
धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा वीपी राजमार्गको प्रस्थानविन्दुका रूपमा रहेको स्थानमा देउवाले वीपी कोइरालाको सालिक अनावरण गरेका हुन् ।
विक्रम संवत् २०७१ सालमा शिलान्यास गरिएको वीपी कोइरालाको प्रतिमा निर्माण हुन ९ वर्ष लागेको काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले बताएका छन् ।
१५ लाख रुपियाँको लागतमा वीपी कोइरालाको सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनाञ्जु श्रेष्ठले जानकारी दिएका छन् ।
सालिक अनावरण कार्यक्रममा वीपी कोइरालाका छोरा डा.शशांक कोइराला, नेताहरू मोहनबहादुर बस्नेत, गणेश लामा लगायतको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया