बागमती सरकारले खेल क्षेत्रलाई महत्वपूर्ण रुपमा लिएको छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।
मंगलबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा भलिबल प्रतियोगिता उद्घाटन गर्दै लामाले खेल र खेलाडीको हितमा प्रदेश सरकारले काम गर्ने बताए ।
उनले भने, ‘खेल र खेलाडीले नै राष्ट्रलाई चिनाउँछ । प्रदेश सरकारले यसलाई गहनरुपमा लिएको छ ।’
उनले भने, ‘खेललाई कसरी विकास गर्ने, खेलमार्फत प्रदेश र राष्ट्र चिनाउने वातावरण बनाउनेतर्फ हामी केन्द्रित छौं ।’
मुख्यमन्त्री लामाले प्रदेश सरकारले खेल क्षेत्रलाई अति नै महत्वपूर्ण क्षेत्रको रुपमा लिएको बताएका छन् ।
‘समग्र खेल क्षेत्रको विकासका लागि खेलकुद विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् र सरकार एकआपसमा समन्वय गरेर अगाडि बढ्नेछ’, मुख्यमन्त्री लामाले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया