जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति काठमाडौंमा पक्राउ
काठमाडौं । जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४२ वर्षीय रामकुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
रामकुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रामकुमारलाई काठमाडौं महानगरपालिका–२५ सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया