मैले फेरि प्रष्ट भनिराखेको छु, निर्देशिकामा समस्या छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी समस्या समाधान हुने गरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा लेखकले नागरिकता सम्बन्धीका धेरै समस्या निर्देशिकाका कारण उब्जिएकाले परिमार्जन गर्नुपर्ने बताए ।
उनले निर्देशिकाको कारणले नागरिकता लिन कोही छुट्न नहुने विषयमा आफू स्पष्ट रहेका बताएका छन् ।
गृहमन्त्री लेखकले प्रचलित संवैधानिक र कानूनी व्यवस्था तथा नियमावलीको व्यवस्था र सर्वोच्च अदालतले त्यस सम्बन्धमा दिएको फैसलाको आधारमा निर्देशिकालाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् ।
‘नेपालको संविधानको नागरिकताको व्यवस्था, त्यस बमोजिम नेपालको नागरिकता ऐनको व्यवस्था, नागरिकता नियमावलीको व्यवस्थासँग सापेक्ष हुने गरेर त्यसमाथि सम्मानित सर्वोच्च अदालतले गरेका पछिल्ला फैसलाहरु समेत समेटिने गरेर निर्देशिकालाई परिमार्जन गर्नुपर्छ’, उनले भने, ‘मैले २४ घण्टाभित्रै समाधान गरिसक्छु भन्ने कुरा यो होइन । सबैको पहलले यसलाई एउटा निष्कर्षमा पु¥याउनुपर्छ ।’
गृहमन्त्री लेखकले भने, ‘मैले फेरि प्रष्ट भनिराखेको छु, निर्देशिकामा समस्या छ । निर्देशिकालाई पुनरावलोकन गर्ने, समीक्षा गर्ने र समयसापेक्ष परिमार्जन गर्ने काम सरकारले अगाडि बढाउँछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया