यी हुन् ब्रा र पेन्टी मात्रै चोर्ने नेपाली चोर
बिर्तामोड । झापा जिल्लाको भद्रपुरमा पक्राउ परेका चोरको अभियोग देखेर प्रहरी नै अलमलमा परेको छ ।
महिलाका भित्री वस्त्र ब्रा र पेन्टी चोरीको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले छाडिदिएको छ ।
भद्रपुर–४ मन्त्री चोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गरेर कागजी गरी छाडिदिएको हो ।
भद्रपुर–६ स्थित भानुनगरका घरमा पसेर बिहीबार राति ब्रा र पेन्टी चोरी भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यी युवकले भित्री वस्त्र मात्र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगूले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार महिलाका भित्री वस्त्र चोरेर सुँघ्ने गरेको बयान दिएका छन् । अन्य सामान चोरी नगरेकाले सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । उनले बिहीबार साँझ मात्र चार घरबाट भित्र वस्त्र चोरी गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत