यी हुन् ब्रा र पेन्टी मात्रै चोर्ने नेपाली चोर

बिर्तामोड । झापा जिल्लाको भद्रपुरमा पक्राउ परेका चोरको अभियोग देखेर प्रहरी नै अलमलमा परेको छ ।

महिलाका भित्री वस्त्र ब्रा र पेन्टी चोरीको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले छाडिदिएको छ ।

भद्रपुर–४ मन्त्री चोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गरेर कागजी गरी छाडिदिएको हो ।

भद्रपुर–६ स्थित भानुनगरका घरमा पसेर बिहीबार राति ब्रा र पेन्टी चोरी भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

यी युवकले भित्री वस्त्र मात्र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगूले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार महिलाका भित्री वस्त्र चोरेर सुँघ्ने गरेको बयान दिएका छन् । अन्य सामान चोरी नगरेकाले सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । उनले बिहीबार साँझ मात्र चार घरबाट भित्र वस्त्र चोरी गरेका थिए ।

Published : Saturday, 2018 October 6, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया