सभापति देउवाद्वारा कांग्रेसबाट निर्वाचित उत्कृष्ट काम गर्ने स्थानीय तहका प्रमुखहरूलाई सम्मान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट काम गरेका स्थानीय तहहरूलाई सम्मान गरेका छन् ।
कांग्रेसबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका गाउँपालिका र नगरपालिकाका प्रमुखलाई सभापति देउवाले पार्टी कार्यालय वीपीनगर, ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा सम्मान गरेका हुन् ।
कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा तीन सय २९ वटामा प्रमुख पद जितेमा तीमध्ये उत्कृष्ट काम गरेकोलाई सम्मान गरेको छ ।
धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवलाई सभापति देउवाले सम्मान गरेका छन् ।
देउवाले काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई पनि सम्मान गरेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरलाई पनि सम्मान गरिएको छ ।
सभापति देउवाले धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमना दनै, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणलाई पनि सम्मान गरेका छन् ।
चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई पनि सभपाति देउवाले सम्मान गरेको कांग्रेसले जनाएको छ ।
सिन्धुलीको ध्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मालाई पनि सम्मान गरिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईलाई पनि देउवाले सम्मान गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया