सेनाको उपरथी पदमा शाहको बढुवा, अधिकारी र कार्कीको पनि बढुवा
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका ध्रुबप्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सहायक रथी शाह भदौ २४ गते उपरथी दर्जामा पदोन्नति भएका थिए । बिहीबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा सिग्देलले शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् ।
प्रधान सेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई पनि सिग्देलले महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया