सभापति देउवाद्वारा सांस्कृतिक विभागमा १० जना सदस्य मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी विभागकी प्रमुख विद्यादेवी तिमिल्सिनाको सिफारिसमा सभापति देउवाले १० जना सदस्यहरू बिहीबार मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तिमिल्सिना प्रमुख रहेको नेपाली कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा १० जनालाई मनोनयन गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा यज्ञराज उपाध्याय (अछाम), राजेन्द्र खत्री (काठमाडौं), रविन्द्र खड्का (काभ्रेपलाञ्चोक), रमेश कोइराला (चितवन), चन्द्र शर्मा (दाङ) रहेका छन् ।
सरोज भण्डारी (तनहुँ), रिसबदेव घिमिरे (ललितपुर), शान्ति सदा (सिरहा), देशु सुहाङ्ग (पाँचथर) र गणेश हमाल (दैलेख) सदस्यमा मनोनयन भएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया