कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता वीपी कोइरालाको दर्शन, सोंच र चिन्तनलाई पूर्णरुपले अनुशरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्राहलयमा वीपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा देउवाले वीपीले प्रजातन्त्रका लागि गरेको संघर्षबाट पार्टीका नेता, कार्यकर्ता एवम् शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए ।
वीपीले प्रजातन्त्र स्थापना एवम् पुनः स्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्याएको योगदानलाई देशव्यापीरुपमा प्रचार प्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए ।
वीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको सभापति देउवाले बताए । उनले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताएका छन् ।
वीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । राणा शासनको विरोधमा वीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेर राणालाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
वीपी बाल्यावस्थादेखि नै नेपालमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय रहेका थिए ।
विक्रम संवत् २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया