निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्छ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छिन् ।
सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा डा.राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताएकी छिन् । उनले आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ । यो कुरा मन्त्रिपरिषदमा म अघि बढाउनेछु ।’
निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने उनले बताएकी छिन् । डा.राणाले मन्त्रिपरिषदमा दुई जना महिला मात्र रहेको बताएकी छिन् ।
‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्नुभएको छ’, डा.राणाले भनेकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया