तोकिएको समयभन्दा अगाडि नै तथ्यसहित कार्यकारी अध्यक्ष अधिकारीले बुझाए स्पष्टीकरणको जवाफ
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरण बुझाएका छन् ।
अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भदौ १३ गते स्पष्टीकरण सोधेका थिए । अधिकारीले तोकिएको समयभन्दा अगाडि नै तथ्य प्रमाणसहित स्पष्टीकरण बुझाएका हुन् ।
कार्यकारी अध्यक्ष अधिकारीले सी–चेकका निम्ति फरक–फरक समय पार्न प्रयास गरे पनि सम्भव नभएको बताएका छन् ।
निगम घाटामा जानुमा चिनियाँ जहाज, महँगो ब्याजको ऋणभार, कोरोनालगायत कारण भएको उनको स्पष्टीकरणमा जवाफ पेश गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको दबाबमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाध्यकारी उडान गर्नुपरेका कारण पनि आम्दानीमा कमी आएको निगमका कार्यकारी अध्यक्ष अधिकारीले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया