न्यायाधीशहरूको लागि सूची तयार, राउत भावी प्रधान न्यायाधीश बन्ने सम्भावना
काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि न्यायपरिषदले योग्य न्यायाधीशहरूको सूची बनाएर संवैधानिक परिषदमा पठाएको छ ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ अवकाशमा जान लागेका छन् । श्रेष्ठको अवकाश हुने भएपछि नयाँ प्रधान न्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरूको सूची बनाएको छ ।
नेपालको संविधानमा ३ वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने व्यवस्था छ ।
न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोज शर्मा, डा.कुमार चुँडाल, डा.नहकुल सुवेदीको नाम परिषदको सचिवालयमा पठाइएको छ ।
सिफारिसमा परेका न्यायाधीशहरूमध्ये प्रकाशकुमार ढुङ्गाना कात्तिकको पहिलो साता अवकाशमा जान लागेका छन् ।
न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ । राउत पहिलो नम्बरमा छन् । राउतको नाम अनुमोदन भएमा करिव १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया