निजामती कर्मचारी ऐन असोजभित्र जसरी पनि पारित सरकारलाई दिन्छौं : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारी ऐनलाई छलफलमा लैजाने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले भोलि (बिहीबार)देखि निजामती ऐनका बारेमा छलफल गर्ने बताए । उनले भने, ‘हामी भोलि (बिहीबार)देखि निजामती ऐनको बारेमा छलफल प्रारम्भ गर्ने छौँ । मुख्यसचिवदेखि सबैलाई हामीले आमन्त्रण गरेका छौँ ।’
सभापति खतिवडाले भने, ‘त्यसपछि यसलाई न्यारोडाउन गर्दै सबकमिटी गठन गर्नुपर्छ । उपसमिति गठन गर्नुपर्छ । कुन बेला तपाईहरूलाई ल्याएर छलफल गराउनुपर्छ । हामीले त्यो गरेर यो अधिवेशन सम्माननीय प्रधानमन्त्री असोज ५ गतेका दिन अमेरिका जाँदै हुनुहुन्छ । त्यो बेलासम्म भ्याइयो भने वा संसद अधिवेशन अन्त्य भयो भने पनि हामी असोजभित्र जसरी पनि पारित गरेर तपाईहरूको काखमा राखेर सरकारलाई दिन्छौं ।’
खतिवडाले भने, ‘यो ऐनमा कतै एमालेका गन्ध नआसओस् । कतै कतै माओवादीको आकांक्षा नदेखियोस् । कहिँ कतै कांग्रेसको नदेखियोस् । सबैको जसरी हामीले संसदबाट संविधान निर्माण गर्दा ९५ प्रतिशतले निर्माण ग¥यौँ । यो संघीय निजामती ऐन पनि सबैको ऐनका रुपमा लिन चाहन्छु । अन्त्यमा सहि गर्ने बेलामा युनियनका साथीहरूसँग सल्लाह गरेर गर्नेछु ।’
‘म राज्य व्यवस्था समितिको सभापति कुनै पार्टीको सदस्य चाहिँ हुँ । तर, सभापतिको रुपमा त्यहाँ सबै पार्टीको प्रतिनिधित्व हुँ । म सबै पार्टीका साथीहरूलाई सरसल्लाह गरेर निर्णय गराउने प्रयास गर्नेछु’, उनले भने ।
‘कतिपय यस्ता कुराहरू हुन्छन् जन्माउने आमाप्रति, जन्माउने बाबुप्रति, जन्मेको देशप्रति जति माया हुन्छ त्यो माया तपाईहरूसँग शेयर गर्छु’, सभापति खतिवडाले भनेका छन् ।






बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया