संविधान संशोधनको मुद्दामा कोही पनि झस्किनु पर्दैन : गृहमन्त्री लेखक
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताएका छन् ।
बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले संविधान संशोधनको मुद्दामा कोही पनि झस्किनु नपर्ने बताए ।
उनले भने, ‘संविधान संशोधनको मुद्दा हामीले ल्याएका हौं । अहिलेको संविधानले व्यवस्था गरेको हो, कसैले झस्किनु पदैन ।’
‘संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन र जनताका लागि थप उपयोगी बनाउन संविधान संशोधन गर्नु परेको हो’, लेखकले भनेका छन् ।
उनले संविधान संशोधनको विषयलाई राजनीतिक शंकाको घेरामा राख्ने र अपव्याख्या गर्ने कार्य नगर्न आग्रह गरेका छन् ।
संसदमा भएका दुई ठूला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको गृहमन्त्री लेखकले बताएका छन् ।
उनले भने, ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौं । सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायो ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया