आइजीपीविरुद्ध सञ्चारमन्त्रीको अभिव्यक्तिको कांग्रेस नेता भण्डारीद्वारा आलोचना
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाल प्रहरीका आईजीपीविरुद्ध सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले सोमबार विज्ञप्ति जारी गरेर भने, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्रीबाट सार्वजनिकस्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न आव्हन गर्दछु ।’
उनले भने, ‘शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयम् सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु ।’
‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तत्थ बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी –पार्टीबीच सम्बन्ध नबिगार्न सबैलाई अनुरोध गर्दछु ।’
‘पछिल्लो समय नेपालमा घटिरहेको घटनाक्रम र सरकारका गतिविधिवाट मलाई एउटा राजनीतिक कर्मी भएका नाताले अत्यन्त छटपटी लागेको हुँदा मैले यो वक्तव्य निकाल्न पर्ने स्थिति आएको छ’, नेता भण्डारीले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया