प्रचण्ड आफू सर्वेसर्वा हुँदा परिवारतिर गुलियो, देश र जनता भुलियो : अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन् ।
दुई ठूला दलको समीकरणले बनेको नयाँ सरकारको दाहालले विरोेध गर्दै आएका छन् । नयाँ सरकारले बंगलादेश र श्रीलङ्कातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया दाहालबाट आएकोतर्फ लक्ष्य गर्दै बस्नेतले आफू नेतृत्वमा हुँदा केही गर्न नसकेको, देश र जनता भुलेको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर, सत्ता बाहिर हुँदा हुन लागेका काम र जनताका आशा रोक्न दाहाल कुर्लिएको भन्दै कडा टिप्पणी गरेका छन् ।
कवितात्मक शैलीमा अध्यक्ष बस्नेतले आफू सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो, देश र जनता भुलियो भन्दै सञ्जालमा सडकमा पुगेपछि कुर्लिएकोमा गम्भीर प्रश्न उठाइएका छन् ।
मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको हो ।
त्यसपछि माओवादी सरकारमा हुँदा विभिन्न समयमा ४ पटक हटाउन खोज्दा असफल बनेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया