सभापति देउवाद्वारा कांग्रेसको कानून विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
विभागका प्रमुख मानबहादुर नेपालीको सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका नेपाली कांग्रेस कानून विभागको सदस्यमा मनोनयन गरिएको शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यहरूमा मनोनयन हुनेमा शिवराज पाण्डे (कञ्चनपुर), कलमबहादुर खत्री (सुर्खेत), दुर्गाबहादुर सुनार (कास्की), दीपकराज गौतम (दाङ), धु्रव श्रेष्ठ (सुर्खेत) रहेका छन् ।
रामचन्द्र गौतम (रूकुम पश्चिम), खिल गिरी (धादिङ), मन्दिरा शर्मा (काभ्रेपलाञ्चोक), अनिलकुमार कर्ण (धनुषा) र शोभा घिमिरे (संखुवासभा)लाई विभागको सदस्यमा मनोनयन गरिएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया