प्रचण्डले पार्टीको नेतृत्व नछाड्ने, श्रेष्ठ-शर्मा-पुनलाई झट्का
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउनु उपयुक्त नहुने बताएका छन् ।
शुक्रबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए ।
उनले पार्टीभित्र राम्रो टिम बनेपछि आफूले अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुने महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोँचेको बताएका छन् ।
‘म उमेरले ७० वर्ष कट्दैछु, सँधै नेतृत्वमा रहिरहने पनि मेरो इच्छा छैन’, दाहालले भने, ‘प्रचण्ड अध्यक्ष भन्दामाथि भइसकेको छ, त्यसैले राम्रो टिम बन्यो भने अध्यक्षभन्दा अर्को भूमिकामा जाने भन्नेछ ।’
नेकपा (माओवादी केन्द्र) फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको अध्यक्ष दाहालले बताएका छन् । पार्टीभित्र भएका छलफल र बहसलाई गलत प्रचार गरेर पार्टी फुट्ने हल्ला फिजाइएको उनले बताएका छन् ।
माओवादीको नेतृत्व हस्तान्तरणका लागि बहस र छलफलहरू चलिरहेका बेला दाहालले तत्काल अध्यक्ष पद नछाड्ने बताएका छन् ।
दाहालको यो अभिव्यक्तिले पार्टीको नेतृत्व लिनका लागि गृहकार्य गरिरहेका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलाई तनाब भएको छ । यी ३ नेताहरूले पार्टीको नेतृत्व लिन आन्तरिक गृहकार्यहरू गरेको चर्चा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया